नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

२१ जेष्ठ २०८०, आईतवार १७:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समीट लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म संस्थाको शेयरमूल्य ९३१ रुपैयाँ २० पैसाका आधारमा नेप्सेले १३.५६ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ८१९ रुपैयाँ ९९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि संस्थाको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*