नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

२१ जेष्ठ २०८०, आईतवार १७:०९

काठमाडौं । नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा आरएमडीसी लघुवित्तको २६ प्रतिशत अर्थात् ३२ लाख २६ हजार ७७२।४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

हिमालयन एभरेष्टको २।७५ प्रतिशत अर्थात् ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*