कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने

२२ जेष्ठ २०८०, सोमबार १०:१०

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर जेठ २२ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति जेठ २९ गते अन्तिम दिन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*