जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२२ जेष्ठ २०८०, सोमबार १०:४१

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ २३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आज जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा असार ४ गते रुपन्देहीको द एसआर होटेलमा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*