नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

२२ जेष्ठ २०८०, सोमबार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य १६३९ रुपैयाँका आधारमा नेप्सेले १४.२५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १४३४ रुपैयाँ ५७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि दोस्रो बजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*