विन नेपाल लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

२२ जेष्ठ २०८०, सोमबार १२:३०

काठमाडौं । विन नेपाल लघवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ २१ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा असार ११ गते फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा बोलाएको हो । सभा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७८।७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङ सम्बन्धि कार्यहरू गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि असार १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ४ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*