सिभिल लघुवित्तद्वारा बीमा दावी भुक्तानी

२२ जेष्ठ २०८०, सोमबार १६:२२

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमादावी भुक्तानी गरेको छ । कम्पनीको पर्सास्थित शाखा कार्यालय बिरुवागुठीले बीमा दावी रकम भुक्तानी गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–२८ बगही टोलमा रहेको केन्द्र नं. ३३ की सदस्य लालकुमारी देवीको मृत्युपश्चात निजका श्रीमान अर्जुन हजरा दुसादलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराइएको संस्थाले जनाएको छ ।

लालकुमारी देवीले संस्थाबाट २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत सदस्यको मृत्युपश्चात दिइने काजकिरिया खर्चबापतको २५ हजार रुपैयाँ र तिरेको किस्ता रकम २ लाख रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार रुपैयाँ श्रीमान दुसादलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।

संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ। दुःखको समयमा संस्थाले सहयोगस्वरुप रकम उपल्वध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा शाखाका कर्मचारी अर्जुनकुमार यादव र सो केन्द्रका केन्द्र सञ्चालक शिवकुमार पटेल र सदस्यहरुको उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*