नेपाल राष्ट्र बैंकद्वारा आगामी आवको लागि राय सुझाव माग

२२ जेष्ठ २०८०, सोमबार १६:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव पेश गर्न अनुरोध गरेको छ । केन्द्रीय कार्यालयले आज एक सूचना प्रकाशित गरी आगामी आवको लागि सुझाव माग गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।

राष्ट्र बैंकले सरोकारवालाहरुलाई मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव आउँदो असार १० गतेभित्र पठाउन अनुरोध गरेको छ । राय–सुझाव केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउनुपर्नेछ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*