नेपाल राष्ट्र बैंकद्वारा कर्जा प्रवाहमा सहजता

२३ जेष्ठ २०८०, मंगलवार १०:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यम व्यवसायको लागि कर्जामा सहजता बनाइदिएको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान ल्याएको छ ।

नवप्रवर्तन (स्टार्टअप) तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा (अन्य सम्पत्ति धितो नलिई)मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि सो प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिम लगायतका विषयको विस्तृत मूल्याङ्ककन गरी कर्जासम्बन्धी निर्णय गर्न सक्दछन् ।

 

May be an image of text that says 'वित्तीय चेतनाका लागि... नवप्रवर्तन (Startups) तथा उद्यमशीलता विकास (Enterpreneurship Development) मा टेवा पुऱ्याउन यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा (अन्य सम्पत्ति धितो नलिई) मात्र प्रवाह भएको रु. ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखिएको बैक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिमलगायतका विषयको विस्तृत मुल्याडून गरी कर्जासम्बन्धी निर्णय गर्न सक्दछन् १९ नेपाल राष्ट्र बैक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल: www.gunaso.nrb.org.np वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नं.: 0१-४ 09-4४9५੧५5'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*