उपकार लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२३ जेष्ठ २०८०, मंगलवार १२:३७

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

संस्थाले सहायक प्रबन्धक र जुनियर फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदका लागि संस्थाले सहायक प्रबन्धकको हकमा अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नकोत्तर तह उत्तीर्ण गरेको र जुनियर फिल्ड सहायकको लागि प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट  https://www.ulbsl.com.np/career मार्फत फर्म डाउनलोड गरी बुझाउन सक्नेछन् ।

 

Upakar Laghubitta Bittiya Sanstha Limited Vacancy

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*