ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२३ जेष्ठ २०८०, मंगलवार १३:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘ग्लोबल आइएमईए बैंक डिबेञ्चर २०८४।८५’ नामक ऋणपत्र ‘जिबिआइएलडी ८४।८५’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको १००० रुपैयाँ अंकित मूल्यका कुल ५० लाख कित्ता ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । ५ वर्षे अवधि तथा ११.२५ प्रतिशत वार्षिक ब्याजदर भएको उक्त ऋणपत्र सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*