लुम्बिनी विकास बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस् आवेदन
२४ जेष्ठ २०८०, बुधबार १०:५१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।
बैंकले एशिस्टेन्ट पददेखि ब्रान्च म्यानेजरसम्मका पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://career.lumbinibikasbank.com/ मार्फत आसार ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।