तीन लघुवित्तको वित्तिय अवस्था संकटपूर्ण, लाभांशमा प्रतिबन्ध, ३५ दिन भित्र पुँजि नथपे थप कारवाही

२४ जेष्ठ २०८०, बुधबार ११:५०

काठमाडौं । तीन लघुवित्तको वित्तिय अवस्था संकटपूर्ण अवस्थामा पुगेको छ। जसको कारण तीन लघुवित्त कम्पनीहरुले आगामी बर्ष शेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएको छन् । तीन लघुवित्तलाई राष्ट्र बैंकले ३५ दिन पुँजि समय थप गर्न समय दिएको छ  । यसअवधिमा पुँजि नपुराए ऐन अनुसार कारवार्ही गर्ने राष्ट्र बैंकले जनाएको छ। 

हाल संचालनमा रहेका लघुवित्त कम्पनीमध्ये तीन लघुवित्तले क्यापिटल एडुक्सी रेसियो (सीसीएआर) पुयाउन नसकेपछि लाभांश बाँड्न नपाउने भएका छन्।सुपर लघुवित्त, युनिक नेपाल लघुवित्त र उन्नति सहकार्य लघुवित्तले पुँजीकोष अनुपात पुयाउन नसकेका हुन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सुपर लघुवित्त, युनिक नेपाल लघुवित्त र उन्नति सहकार्य लघुवित्तको पुँजीकोष ८ प्रतिशत पु¥याउन सकेका छैनन्। पुँजीकोषको सीमा पुयाउन नसक्दा चालु आवको नाफाबाट आगामी वर्ष लाभांश वितरण गर्न पाउने छैनन्।

सुपर लघुवित्त वित्तीय संस्थालाई सीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को  खण्ड (ग) बमोजिमको कारवाही गरिएको छ। साथै, उक्त संस्थालाई मिति २०७९/०५/२२ मा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिइएको छ। 

बाँकी ६० वटा लघुवित्त वित्तीय संस्थाहरूले पुँजीकोष सम्बन्धी निर्देशनको पालना गरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले यी तीन लघुवित्त बाहेक सबैको पुँजिकोष पुगेको जानकारी दिएको छ।  पुँजीकोष नपुग्दा लाभांश वितरणमा रोक लाग्ने छ । 

त्यस्तै, राष्ट्र बैंकले यसअवधिसम्ममा पुजीकोष नपुराउने लघुवित्तलाई ३५ दिने समय दिनेछ । बाँकि समयमा पनि नपुराउन सके संस्थापकलाई शेयर थप गर्न लगाईन्छ । 
यदि यसको विकल्प पनि नरहे लघुवित्तको शाखा कार्यालय विस्तार र तलब कटौती गर्ने प्रावधान राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*