मौद्रिक नीतिबारे बैंकका अध्यक्षहरु र राष्ट्र बैंकबीच छलफल, १५ प्रतिशतको लगानी सीमा हटाउन अध्यक्ष उपेन्द्र महतोको सुझाव

२४ जेष्ठ २०८०, बुधबार १४:५४

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुबीच मौद्रिक नीति  र समसामयिक बिषयमा छलफल भएको छ। राष्ट्र बैंकले आज जेठ २३ गते हिजो ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति होटेलमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकका अध्यक्षहरुले बैंकको बेथिति र त्यसमा सुधार गनुपर्नेे पक्षमा राष्ट्र बैंक केन्द्रित हुनुपर्ने बिषयमा मुख्य छलफल भएको थियो ।

राष्ट्र बैंकले यो तत्काल सुधार गर्न र सुधार नगरे यसमा ठुलो कारवाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छलफलमा सहभागी एक बैंकका अध्यक्षले बताएका छन् । कार्यक्रममा राष्ट्र बैंकका महाप्रासद अधिकारीले राष्ट्र बैंकका ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्नेमा बिषयमा जोड दिएका थिए । एकल अंकको ब्याजदर भनेर मात्रै नहुने त्यसले ल्याउन सक्ने जोखिमबारे पनि हेर्नुपर्छ बिषयमा पनि सोच्न आग्रह गरेका थिए ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकहरुविरुद्ध नकारात्मक सन्देशमूलक सूचना प्रवाह भईरहेको हुँदा राष्ट्र बैंकलाई यस बिषयमा गम्भीरताका साथ सोच्न आग्रह गरेका छन् ।उनले कार्यक्रममा बैंकहरुमात्रै ठूलो भईसकेको तर खुद मुनाफा निरन्तर घटिरहेको र आरओई पनि घट्दै गएको भन्दै गुनासो व्यक्त गरेको थिए।

त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष उपेन्द्र महतोले प्रमोटर र पब्लिक शेयर बिषयमा आफना धारणा राखेका छन् । अन्तराष्ट्रिय अभ्यासमा रहेको लगानीको सिमामा किन कडाई गरेको भन्दै आफनो कुरा राखेका थिए ।

उनले बैंकका लगानीकर्ताहरुका लागि १५ प्रतिशतको लगानी सीमा हटाउनुपर्नेमा जोड दिएका थिए । उनले राष्ट्र बैंकलाई लगानीको वातावरण सिर्जना गर्न दिन आग्रह गरे।
उनले लगानी शतप्रतिशत वा एक प्रतिशतको सिमा तोक्न समेत सुझाव दिए । यदि यसो हुँदैन भने सबै शेयरलाई पब्लिक नै बनाउदिन समेत सुझाव दिए । प्रमोटर र पब्लिकबीचको फरक किन छुटईरह्नुपर्यो, उनले बताए ।

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भईरहेको बेथितिलाई नियाली रहेको र राष्ट्र बैंकले कारवाही गर्नु अगाडी नै त्यस्ता बेथिति सुधार गर्न राष्ट्र बैंकले आग्रह गरेको थिए । त्यस्तै, मैद्रिक नितिमा समावेश गर्ने बिषयमा गम्भीरताको साथ राखिनुपर्ने बिषयमा छलफल भएको थियो ।

राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण निर्देशनहरुको पालना गर्न र त्यसो नगरे कारवाही गर्ने राष्ट्र बैंकले छलफलको क्रममा राखेको थियो ।
हाल सम्पति सुद्धिकरणको विषयमा नेपालको समग्र अवस्था जाँच भईरहेकोले यदि नेपाल ग्रे लिस्ट मै परिहाले त्यस्तो अवस्थाको लागि पनि तयार रहन राष्ट्र बैंकले सचेत गराएको बताईएको छ । यी बाहेक देशको वर्तमान आर्थिक अवस्था, समसामयिक विषयमा छलफल गरिएको थियो ।

अध्यक्षहरुले अन्तक्रिया कार्यक्रममा ब्याजदरको बिषयमा समेत कुरा उठान गरेको छ। आर्थिक सुधारसँगै ब्याजदरलाई आगामी दिनमा कसरी लेजाने भन्ने बिषयमा पनि कार्यक्रममा छलफल भएको सहभागी बैंकका एक अध्यक्षले बताए ।

छलफलमा राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी , डेपुटी गभर्नर बम बहादुर मिश्र, नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, र सहभागी थिए। बैंक तथा वित्तिय संस्थाहरुको अध्यक्षहरुको उपस्थिीमा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*