युनिक नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँड हुदैं, साढे १३ लाखको हात खाली हुने पक्का

२४ जेष्ठ २०८०, बुधबार १६:४४

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहिबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँड हुनेछ ।

लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन गरेको थियो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गरेको हो । अन्तिम दिनसम्म उक्त एफपीओमा १४ लाख ४ हजार ७ जनाको आवेदन परेको थियो । यो माग भन्दा ४२.९६ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेको हुनाले एफपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । एफपीओ ३७ हजार ९४२ जनाले १०–१० कित्ताका दरले पाउनेछन्, भने बाँकी १३ लाख ६९ हजार ६५ जनाको हात खाली हुनेछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*