यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, करिब ३८ हजारले पाए शेयर

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ आफ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड सम्पन्न भएको हो ।
संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो ।
यो एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयर माग भएको थियो। जसमा १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।
यो एफपीओमा सदरमध्ये १३ लाख १७ हजार ७४५ आवेदकको हात खाली भएको छ ।