युनिक नेपाल लघुवितको नतिजा यसरी हेर्नुस्

काठमाडौं । कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ।
जस अनुसार शेयर निष्काशक कम्पनी युनिक नेपाल लघुवित्तको वेबसाइट https://uniquenepalmicrofinance.com.np/ , बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/ , सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।