उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष ढुङ्गानाले दिइन् राजिनामा

२५ जेष्ठ २०८०, बिहीबार १०:५२

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष अनिता ढुङ्गानाले राजिनामा दिएकी छिन् । उनले अध्यक्ष पदबाट दिएको राजिनामा जेठ २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । संचालक समितिको बैठकले ढुङ्गानाले संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा जेठ १९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

ढुङ्गाना राष्ट्रिय योजना आयोगको सदस्य पदमा चयन भएपछि संस्थाको संचालक समितिको अध्यक्ष पदबाट राजिनामा दिएकी हुन् । बैंक तथा वित्तीय संस्था ऐनबमोजिम सरकारी पद धारण गरेको व्यक्ति कुनै पनि संस्थाको संचालक पदमा रहन नपाउने व्यवस्था भएबमोजिम ढुङ्गानाले सो पदबाट राजिनामा दिएकी संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*