गुराँस लघुवित्तले खुलायो ६ पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
२५ जेष्ठ २०८०, बिहीबार १०:५६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।
संस्थाले शाखा प्रमुख, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट https://guranslaghubitta.com.np/career/job-application-form/ मार्फत असार ७ गते भित्र आवेदन दिन सक्नेछन् ।