लाभांश विवादसम्बन्धी मुद्दा हारेपछि नेष्डो समृद्ध लघुवित्तका शेयरधनीले धमाधम बेच्न थाले शेयर

२५ जेष्ठ २०८०, बिहीबार ११:२८

काठमाडौं । लाभांश विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेपछि नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम शेयर बेचेका छन् । सर्वोच्चमा नेपाल राष्ट्र बैंकविरुद्ध मुद्धा दायर गरेको लघुवित्तले मुद्दा हारेपछि शेयरबजारमा लगानीकर्ताहरुले शेयर बेच्न लागेका हुन् ।

यो समाचार तयार पार्दासम्म नेष्डो समृद्ध लघुवित्तको शेयर ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । लघुवित्तले प्रस्ताव गरेबमोजिमको लाभांश पुरै नपाउने भएपछि संस्थाको शेयर ३.७२ रुपैयाँ अर्थात् ७६ रुपैयाँ ३० पैसाले घटेर १९७३ रुपैयाामा कायम हुन पुगेको छ ।

लगानीकर्ताको हितमा अदालती प्रक्रियामा गएको नेष्डो समृद्ध लघुवित्तले आफुले प्रस्ताव गरेको जति नै लाभांश वितरण गर्न पाउनुपर्ने माग राख्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेको थियो । बुधबार न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले उत्त रिटमा अन्तरिम आदेन नहुने आदेश दिएसँगै नेष्डो समृद्ध लघुवित्तले मुद्दा हारेको हो ।

संस्थाले मुद्दा हारेपछि राष्ट्र बैंकले अनुमति दिएको १७.९३४२ प्रतिशत मात्रै लाभांश वितरण गर्नुपर्नेछ । यसअघि संस्थाले शेयरधनीहरुलाई गत आवको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३.६८ प्रतिशत गरी कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*