श्रृजनशील लघुवित्तले बल्ल सार्वजनिक गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, यस्तो देखियो सूचकहरु

२५ जेष्ठ २०८०, बिहीबार १२:१५

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण बल्ल आज सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ५७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको यसै अवधिमा भन्दा ८५.६९% ले घटेको हो । गत वर्ष कम्पनीले ४ करोड ५ लाख १४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यता, कम्पनीको खुद ब्याज आम्दानी ४४.७६% ले घटेर ६ करोड ४४ लाख ७० हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसले ११ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि ८५.६९% ले घटेर ८२ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसले ४ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा खुद नाफा घट्न पुगेको हो । हाल यसको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । यो लघुवित्त मानुषी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ । त्यस्तै, यसको जगेडा कोषमा १० करोड ४४ लाख ८९ हजार रुपैयाँ रहेको छ । सिर्जनशीलको खराब कर्जा २.१८% बाट बढेर ४.०४% कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*