कुमारी बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

२५ जेष्ठ २०८०, बिहीबार १३:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले प्राप्ति गरेको राईजिङ्ग डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो ।

उक्त लाभांश वितरण गर्ने निर्णय गरेको मितिले ५ वर्षको अवधि समाप्त भएपछि पनि कुनै पनि शेयरधनीले प्राप्त गर्ने लाभांशको रकम कम्पनी ऐनको अधिनमा रही लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएको हुँदा बैंकले एक महिनाभित्र उक्त नगद लाभांश बुझिलिन अनुरोध गरेको हो ।

साथै केही शेयरधनीहरुले बैंकको साधारण सभाबाट पारित भएको नगद लाभांशको पुर्जा संकलन गरेर पनि पुर्जाको रकम सटही गरेका हुँदा सोलाई सटही गर्न र संकलन गर्न बाँकी लाभांश रकम संकलन गर्न कुमारी बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा कारोबार समयमा सम्पर्क गरी बुझिलिन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*