मल्टीपर्पस फाइनान्सको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त

२५ जेष्ठ २०८०, बिहीबार १५:४४

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त भएका छन् । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

साथै जेठ २४ गते बसेको संचालक समितिको बैठकबाट रिक्त रहेको संचालक पदमा अर्को वार्षिक साधारण सभा नभएसम्मका लागि संस्थापक शेयरधनी समुहको तर्फबाट जनकपुरधाम नगरपालिका बस्ने अग्रवाललाई र सर्वसाधारण शेयरधनी समूहतर्फबाट महेश कुमार सिंहलाई संचालकमा नियुक्त गरेको हो ।

सोही अनुसार जेठ २५ गतेको संचालक समितिको निर्णयअनुसार अग्रवाल आजकै मितिदेखि लागू हुनेगरी अध्यक्षमा चयन भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*