साना किसान विकास र आरएमडीसी लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

२५ जेष्ठ २०८०, बिहीबार १६:५३

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज हुने विषयमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको जेठ २४ गतेको पत्रबाट स्वीकृति भएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपश्चात् धितोपत्र सूचीकृत भएका कम्पनीलाई अब नेपाल धितोपत्र बोर्डले धितोपत्र नियमावली बमोजिम स्वीकृति प्रदान गरेपछि कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेपछि यी दुई संस्थाले एकीकृत कारोबार सुरु गर्नेछ ।

मर्जरपछि बन्ने संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक रहनेछन् । एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् । दुई संस्थाबीच १००ः८७ अनुपातमा मर्ज हुने सहमति भएको हो । जसमा साना किसानको सेयरको हिस्सा १०० रहेको छ, भने आरएमडीसीको ८७ रहेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत एकीकृत संस्थाको डेपुटी सिइओ हुनेछन् ।

आरएमडीसीको चुक्तापुँजी १ अर्ब २४ करोड र साना किसानको १ अर्ब ५६ करोड चुक्तापुँजी रहेकोमा एकीकृत संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ हुने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*