मुक्तिनाथ विकास बैंकद्वारा १० लाख रुपैयाँसम्मको बीमा सु्विधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्न बन्द

२६ जेष्ठ २०८०, शुक्रबार १०:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संचालन गर्दै आइरहेको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोल्न बन्द गरेको छ । बैंकले मृत्यु तथा स्थायी पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँ सम्मको बीमा सहितको सुविधा प्रदान गर्ने गरी संचालन गर्दै आइरहेको उक्त खाता खोल्न बन्द गरेको हो ।

बैंकले सो खाताअन्तर्गत प्रदान गर्दै आइरहेको बीमा सुविधा हाल कायम रहेको बीमा अवधि समाप्ती पश्चात् बीमा सुविधा स्वतः खारेज हुने जनाएको छ ।

साथै बैंकले सूचना जारी गर्नुभन्दा अघि बीमा अवधि प्राप्त भएको भएमा स्वतः बीमा सुविधा खारेज भएको मानिने बैंकले जनाएको छ । अन्य शर्त र सुविधाहरु भने यथावत नै रहने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*