नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
२६ जेष्ठ २०८०, शुक्रबार १३:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको १५ प्रतिशत दरका कुल ८ लाख ८० हजार १२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।