यस साता लघुवित्त संस्थाहरुको शेयरमूल्यमा ग्रोथ, १० को शेयरमूल्य हजार रुपैयाँमाथि (एलटीपीसहित)

२७ जेष्ठ २०८०, शनिबार ०७:००

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । प्रायजसो लघुवित्तको शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये लुघवित्त संस्थाहरुको शेयरमूल्य बढी हुने गर्दछ । नेप्सेमा यस्ता संस्थाहरुको धितोपत्र अन्य कम्पनीको तुलनामा कम सूचीकृत हुने भएका कारण पनि शेयर अभावमा लगानीकर्ताहरुले खरिद माग गर्दा लघुवित्तहरुको शेयरमूल्य स्वतः बढ्न पुगेको हो । शेयर विज्ञहरुका अनुसार जहा माग बढी हुन्छ त्यहाँ मूल्य बढ्न जान्छ, भनेजस्तै लघुवित्तहरुको शेयर उच्च खरिद माग हुँदा मूल्य पनि सोहीअनुसार बढ्न पुगेको हो ।

लघुवित्तहरुको शेयर खरिद माग हुनुमा पनि धेरै कारणहरु हुन सक्छन् । कम्पनीको वित्तीय सूचक, कम्पनीहरुले दिदै आइरहेको लाभांश इतिहासका साथै धितोपत्र दोस्रो बजारमा लगानी गर्दा कतिको जोखिमयुक्त छ वा छैन त्यो सबै निक्र्याैल गरेर मात्रै लगानीकर्ताहरुले लगानी गर्नेछ गर्छन् । अन्य कम्पनीहरुको तुलनामा लघुवित्त संस्थाहरुले शेयरधनीहरुलाई उच्च लाभांश दिने गरेको छ । यसकारण पनि लगानीकर्ताहरुले लङ टर्म इन्भेष्टका लागि लघुवित्त संस्थाहरु रोज्ने गर्दछ ।

यस साता शेयरबजारमा उतारचढाव देखिएको थियो । आम लगानीकर्ताहरुले माग राख्दै आइरहेको पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सम्बोधन भएपछि केही सुधार देखिएको शेयरबजारमा माइक्रोफाइनान्स इन्डेक्स पनि बढ्न पुगेको नेप्सेको चार्टमा देखिएको छ । यस साताको अन्तिम कारोबार दिन माइक्रोफाइनान्स उपसूचक ०.०३ प्रतिशतले बढेको थियो । गत सातादेखि माइक्रोफाइनान्स इन्डेक्स चार्ट उकालो लागेको देखिएको छ । जुन ५ सम्म १९०२ विन्दुमा रहेको लुघवित्त उपसूचक जुन ८ सम्म बढेर १९३९ विन्दुमा पुगेको छ ।

शेयरबजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य यस साता कारोबारको अन्तिम दिन २.९३ प्रतिशतले घटेर १९९० रुपैयाँमा सीमित भएको छ । लगानीकर्ताहरुको हितको लागि लाभांश विवादमा नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको लघुवित्तले यस साताको अन्तिमतिर मुद्दा हारेपछि लघुवित्तको शेयर २००० बाट घटेर १९ सयको हाराहारीमा पुगेको हो ।

त्यस्तै, लगातार सर्किट हानेको आत्मनिर्भर लघुवित्तको शेयर पनि शुन्य दशमलव ९७ प्रतिशतले घटेर १९४१ रुपैयाँमा कायम भएको छ । त्यस्तै, लगानीकर्ताहरुको रोजाइमा पर्ने महिला लघुवित्तको शेयरमूल्य शुन्य दशमलव शुन्य १ प्रतिशतले बढेर १८४० रुपैयाँ पुगेको छ । साथै जाल्पा सामुदायिकको ०.६२ प्रशितले घटेर १४५० रुपैइाँ, युनिक नेपाल लघुवित्तको ३.३३ प्रतिशतले बढेर १३९८ रुपैयाँ र उपकार लघुवित्तको २.९५ प्रतिशतले घटेर १२९८ रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*