रिलायन्स फाइनान्सद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?
२८ जेष्ठ २०८०, आईतवार १०:१४

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । संस्थाको जेठ २६ गते बसेको संचालक समितिको निर्णयले लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बोनश शेयर ६.५० प्रतिशत र कर प्रयोजनको लागि ०.३४ प्रतिशत गरी ६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।