आशा र राष्ट्र उत्थान लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो तय

२८ जेष्ठ २०८०, आईतवार १०:३२

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो ।

आशाले राष्ट्र उत्थानलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) गर्न नियुक्त मूल्यांकनकर्ताको रिर्पोट बमोजिम संचालक समितिको जेठ २६ गते बसेको बैठकको निर्णयअनुसार दुई संस्थाबीच १ः१ स्वाप रेसियोमा मर्ज हुन अन्तिम सम्झौता भएको हो ।

अर्थात् राष्ट्र उत्थाननको एक कित्ता शेयर बराबर आशा लघुवित्तको एक कित्ता शेयर हुनेछ । साथै संचालक समितिको बैठकको निर्णअनुसार दुबै संस्थाको वार्षिक साधारण सभामा मर्जरसम्बन्धी विशेष प्रस्ताव लैजानेछ । राष्ट्र उत्थानको साधारण सभा यहि असार १६ गते बस्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*