डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

२८ जेष्ठ २०८०, आईतवार १०:४४

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौता गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

यी दुबै संस्थाले ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । साथै असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै जेठ ३२ गते एक दिनका लागि दुबै संस्थाको वित्तीय कारोबार बन्द रहने जनाएको छ ।

भरतपुर–१० चितवनमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स लघुवित्त र बनेपा–७, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तबीच मर्ज भई असार एक गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय हाल डिप्रोक्स लघुवित्तको केन्द्रीय कार्यालय नै रहनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*