उन्नती सहकार्य लघुवित्तको ३८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ३५० रुपैयाँ

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहततर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । संस्थाले आज (जेठ २८) गतेदेखि संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
संस्थाले संस्थापक समूहतर्फको ३८ हजार ९९ कित्ता शेयर लिलामीमा ल्याएको हो । संस्थाले सो शेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
संस्थाले उक्त शेयर जो कोहीले खरिद गर्न पाउने गरी लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा संस्थाले असार ३ गतेभित्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।