राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा

२८ जेष्ठ २०८०, आईतवार ११:१५

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चौथो वार्षिक साधारणसभा असार १६ गते बस्नेगरी डाकेको हो ।

सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ ।

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षण रिपोर्ट पनि स्वीकृत गर्नेछ ।

यसका साथै संस्थाको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*