सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग
२८ जेष्ठ २०८०, आईतवार ११:२७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिविटी अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गरेको छ ।
बैंकले सहयोगको स्वरुप सेमि फोल्डीङ बेड, नर्मल व्हील चियर र आईटी स्ट्यान्ड यही जेठ ११ गते बिहीबारका दिन सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुरलाई वितरण गरेको छ ।
बैंकले सो सहयोग बापतका सामाग्री प्रतिष्ठानका क्लष्टर इन्चार्ज जयन्द बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको हो ।