मौद्रिक नीतिको गृहकार्यमा जुट्यो राष्ट्र बैंक, मस्यौदा तयार पार्न नयाँ कार्यविधि बनाईयो

२८ जेष्ठ २०८०, आईतवार १२:२९

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीको गृहकार्यको तयारीमा लागेको छ। सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।आगामी आर्थिक वर्ष को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले अन्तरविभागीय छलफल शुरु गरको हो । मौद्रिक नीतिको बिषयमा राष्ट्र बैंकले छलफल तिव्र पारेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो चरणमा सरोकारवाला निकाय/व्यक्ति, संघ संस्थाहरु र सर्वसाधारणसँग राय सुझाव संकलन गरिरहेको छ।

बजेटमार्फत सरकारले लिएको नीतिलाई अगाडि बढाउन मौद्रिक पक्षबाट सहयोग गर्ने काम मौद्रिक नीतिले गर्छ। सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको छ। यसका लागि आवश्यक सहयोग मौद्रिक पक्षबाट राष्ट्र बैंकले गर्नुपर्छ।राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आमसर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन लिन थालेको छ । उसले असार १० गतेभित्र आफ्नो सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । सुझावहरु आरुथिक अनुसन्धान विभागमा पठाउनुपर्ने हुन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने सम्बन्धि एक कार्यविधि बनाएको छ । त्यस अनुसार साउन ७ गतेभित्र उसले मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।

मस्यौदा तयार पार्ने नयाँ कार्यविधि यस्तो छ,

हरेक आर्थिक वर्षको पहिलो हप्ता नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले संशोधन गरेको मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथममा मौद्रिक नीति सार्वजनिक हुने मिति तोकिएको छ ।केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक हुने मिति साउनको पहिलो सातासम्मलाई निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति र त्यसकोको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समयसीमा पनि निर्धारण गरेको छ ।

वार्षिक मौद्रिक नीति बनाउँदा जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा गर्दा हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग्नुपर्नेछ ।

प्राप्त सुझाव मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्नुपर्नेछ ।

छलफल सम्पन्न भए पछि मौद्रिक नीतिको मस्यौदामाथि व्यवस्थापन समितिमा छलफल हुनेछ । संचालक समितिबाट पारित भएपछि वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।

नीति_तर्जुमा_कार्यविधि_२०७३_प्रथम_संशोधन_२०७९ (1)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*