सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री हस्तान्तरण

२८ जेष्ठ २०८०, आईतवार १६:३७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेश स्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । बैंकले जेठ २६ (शुक्रबार)को दिन बैंकको विराटनगर स्थित रंगेली शाखा मार्फत रंगेली अस्पताललाई एक समारोहकाबीच उक्त सामान प्रदान गरेको हो ।

उक्त कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्षका साथै अन्य अस्पताल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीहरुलाई पढाईमा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको बैंकले जनाएको छ ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*