ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

नेपाल राष्ट्र बैंकले आज (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।
बैकले आउदो मंगलबारदेखि जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ ।
आज दिउँसो तीन बजेदेखि अनलाइन मार्फत बोलकबोल हुने छ । उक्त बोलकबोलमा सर्वसाधारण, सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा संगठित संस्थाहरु सहभागी हुन पाउन्छन् ।
ट्रेजरी बिलको बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग बिलको बाँडफाँड हुने गर्दछ ।