कुमारी बैंकको शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

२९ जेष्ठ २०८०, सोमबार १०:०६

काठमाडौं । कुमारी बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको शेयर खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले गत जेठ २२ गतेबाट कुमारी बैंकको संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*