मिथिला लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
२९ जेष्ठ २०८०, सोमबार ११:१९

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक पदमा १ जना कर्मचारी माग गरेको छ । संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागको लागि कर्मचारी माग गरेको हो ।
संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेद्वारले प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने छ । प्लस टु उत्तिर्ण गरी सेमी क्वालिफाईड सीए वा लेखापरिक्षण क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको साथै कम्प्युटर सम्बन्धी दक्षता भएको उम्मेद्वारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेद्वारले संस्थाको इमेल ठेगाना तथा संस्थाको केन्द्रिय कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।