ग्लोबल आइएमई बैंकद्वारा बेगनासताल डुंगा ब्यवसायीलाई लाइफ ज्याकेट सहयोग

२९ जेष्ठ २०८०, सोमबार १३:०४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको बेगनास शाखाले बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।

जेठ २६ गते शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा पोखरा महानगरपालिका वडा नंं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि उक्त लाइफ ज्याकेटहरु ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख इश्वरी प्रसाद जोशीले समितिका अध्यक्ष रविराज कंडेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीले संचालन गरेको सो कार्यक्रममा विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु तथा डुंगा व्यवसायिहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बैकका प्रदेश प्रमुखले कार्यक्रम तथा बैंकको बारेमा जानकारी गराएका थिए भने वडा अध्यक्षले स्थानिय विकासमा यहां रहेका संघ संस्थाहरुको सहभागितामा वडाले हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको बताएका थिए । कार्यक्रम डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*