पुँजीगत खर्चको आधारमा विदेशी सहयोग ल्याउनेछौं : अर्थमन्त्री महत

२९ जेष्ठ २०८०, सोमबार १३:५२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको आकार २.३४ प्रतिशतले घटाइको बताएका छन् । प्रतिनिधीसभा बैठकमा अर्थमन्त्री महतले आगमी आव २०८०।८१ को लागि बजेटको आकार घटाउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

अर्थन्त्री महतले ऋणब्याजको दायित्व हरेक वर्ष तिनुपर्ने भएको हुँदा यस आवमा दायित्व बढ्न पुगेका कारण दायित्वलाई मध्यनजर राख्दा बजेटको आकार घट्न पुगेको बताए । उनले भने, ‘वैदेशिक सहयोग कति आउँछ ? र राजश्व कति संकलन हुन्छ त्यसैलाई मध्यनजर गर्दै बजेटको आकार निर्धारण गरिएको हो ।’

साथै आगामी आवमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउने योजना बनाइएको अर्थमन्त्री महतले बताए । उनले भने, ‘पुँजीगत खर्चको आधारमा विदेशी सहयोग ल्याउनेछौं ।’ अर्थमन्त्री महतले थपे, ‘साथै लक्ष्य राखिएअनुसारको मात्रै वैदेशिक तथा आन्तरिक ऋण मात्रै लिनेछौं ।’ उनले चालु आवको भन्दा पनि थोरै विदेशी तथा आन्तरिक ऋण लिने बताए ।

ऋण ब्याज तिर्नुपर्ने दायित्व बढेको हुनाले पुँजीगत खर्चमा चाप परेको अर्थमन्त्री महतले बताए । साथै ३ खर्ब २ अर्बको पुँजीगत खर्च १७ प्रतिशत मात्रै भएको अर्थात थोरै भएको गुनासोलाई केलाउँदै अर्थमन्त्री महतले रियल पँुँजीगत खर्च २७ प्रतिशत रहेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*