सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री हस्तान्तरण

२९ जेष्ठ २०८०, सोमबार १३:५२

काठमाडौं । बिगत १७ वर्ष देखी निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइराहेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहकाबीच सो सामाग्री हस्तान्तरण गरको हो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउदै सोही उदेश्यले सिटिजन्स बैंक इन्टरनेशनलले सहयोग प्रदान गारेकोमा धन्यवाद ज्ञापन गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ्य शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*