एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टीभेसन योजना सार्वजनिक

२९ जेष्ठ २०८०, सोमबार १५:५०

काठमाडौं । डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ ।

डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० असार मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुनु हुनेछ । देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिती जनाइसकेको यस बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।

उक्त योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार बराबरका १० वटा ह्याम्परको तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, हार्ड रक क्याफेको तर्फबाट १० वटा ननभेजको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान राइस कुकर, ब्रेकफास्ट मेकर, तथा ह्याण्ड ब्लेडर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्सचर, इन्डक्सन कुकरको व्यवस्था गरिएको छ ।

साथै, बैंकले ट्रानक्यूलिटी एसपीएको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ । यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् ।

मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*