मुक्तिनाथ विकास बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
३० जेष्ठ २०८०, मंगलवार ०९:५७

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख १९ लाख कित्ता संस्थापक शेयर आज (जेठ ३० गते)बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।