मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच छुट सम्झौता

३० जेष्ठ २०८०, मंगलवार १२:२७

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र सेफ्स बर्गर प्रालिबीच छुट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार बैंकका भिसा, डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘सेफ्स बर्गर प्रालि’बाट थप सेवा प्राप्त गर्नेछन् ।

यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले सेफ्स बर्गरका विभिन्न शाखामा फुड एन्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*