पोखरा फाइनान्सद्वारा दुई संचालक नियुक्त
३० जेष्ठ २०८०, मंगलवार १५:४९

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको संचालकमा निशाख ढकाल नियुक्त भएका छन् । संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकको रुपमा ढकाललाई चयन गरेको हो ।
कम्पनीले रिक्त रहेको संचालक पदमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ११ स्थायी घर भई हाल टोखा नगरपालिका वडा नं. ७ धापासी, काठमाडौं निवासी तथा डि.डि.इन्भेष्टमेन्ट प्रा.लि.का प्रतिनिधि ढकाललाई बाँकी कार्यकाल आगामी साधारण सभा सम्मको लागि चयन गरेको हो ।
साथै संस्थाको संचालक समितिमा १ जना स्वतन्त्र संचालक रहनुपर्ने व्यवस्था रहेकोमा हाल उक्त पद रिक्त रहेकोमा सो पदमा लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिका वडा नं. १ घनपोखरा तथा हाल पोखरा महानगरपालिका वडा नं. १५ निवासी तिल बहादुर गुरुङलाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको छ ।