५ शर्त सहित स्वस्तिक र समाज लघुवित्तलाई डिमर्जको लागि राष्ट्र बैंकको स्वीकृति, लाभांश वितरणमा रोक

३० जेष्ठ २०८०, मंगलवार २०:५८

काठमाडौं । स्वस्तिक लघुवित्त र समाज लघुवित्तबीच डिमर्जको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ। मर्जर सम्झौता गरेर लामो समयसम्म पानि यी दुई कम्पनीले एकिकृत कारोबार गर्न सकेका थिएनन् ।

समाज लघुवित्तले डिमर्जको लागि राष्ट्र बैंक समक्ष स्वीकृति माग गरेको थियो । राष्ट्र बैंकले विभिन्न ५ वटा शर्त तोकेर दुवै लघुवित्तलाई डिमर्जमा जान जेठ २६ गते शुक्रबार स्वीकृति प्रदान गरेको हो ।

दुवै कम्पनीले ६ महिना भित्र अर्को मर्जरको लागि सम्झौता गर्नु पर्ने छ । त्यस्तै अर्को मर्जर प्रक्रिया सम्पन्न नहुँदासम्म लाभांश बितरण गर्न पाउने छैनन् । त्यति शाखा विस्तार पनि गर्न पाउने छैनन् । राष्ट्र बैंकले दुवै कम्पनीको संचालक समितिलाई पनि सचेत गराएको छ ।

२०७७ साल असोज ५ गते दुवै संस्थाबीच समान स्वाप अनुपातमा मर्जर सम्झौता भएको थियो । तर ३ वर्ष हुन लाग्दासम्म मर्जर प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।

समाज लघुवित्तले सर्वसाधारणमा आईपिओ निष्काशन गरिसको छ भने स्वस्तिकले गर्न बाँकि रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*