राष्ट्रिय बीमा कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु, लगानीकर्ताको हात खाली

३१ जेष्ठ २०८०, बुधबार ०८:१५

राष्ट्रिय बीमा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ ।राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो पाँच वर्षको वार्षिक साधारण आज एकैपटक गर्दैछ ।

सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८र६९ देखि २०७२र७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्नेछ ।

सभाले सञ्चालकहरुको आर्थिक बर्ष २०७२र७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*