नेसनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

३१ जेष्ठ २०८०, बुधबार ०८:३०

नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको वैशाख १५ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थिबयो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*