कुमारी बैंकको साढे २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

३१ जेष्ठ २०८०, बुधबार ०९:२१

काठमाडौं । कुमारी बैंकले २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा बैंकका संस्थापक शेयरधनी मेनका लामाको १ लाख १६ हजार २१९ कित्ता, दीपक लामाको १ लाख ६ हजार ९११ कित्ता र अम्बरबहादुर तामाङको ४५ हजार ८१९ कित्ता रहेको छ ।

उक्त शेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा गएर खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको म्यादभित्र संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*