आरविवि मर्चेन्टद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह

३१ जेष्ठ २०८०, बुधबार ०९:३८

काठमाडौैं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

आरविवि मर्चेन्ट मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

यसका साथै, क्यापिटलका अनुसार आफुलाई पायक पर्ने राष्ट्रिय वाणिज्य बैंक वा नजिकको शाखा कार्यालय मार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*